close
DarjeelingLocalNational

पहाडँमा सुरु भयो वाक युद्ध

हिजो गोर्खा जनमुक्ति युवामोर्चा द्वारा दिइएको बयान विरुद्ध आज आयो गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको युवा एकाईको बयान

मिरिक,०२/०५/२०१८,निसं,
आगामी ४ मईको दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो )ले लालकोठीमा पहाडमा भएको भस्ट्रचार र जीटीए बीएओले पहाडमा खटी खाने मजदुरहरूको हक र हितका लागि गोरामुमोको श्रमिक एकाई एचपीडव्लुयु लालकोठीमा घेराउ गर्ने कार्यक्रम रहेको छ ।यस आशयको जानकारी दिँदै गोरामुमो को युवा एकाईका प्रवक्ता संजोक गुरुङले भने मोर्चाको युवा ऐकाईले लालकोठीमा धर्ना गर्नेलाई चुनौती छ भनि दिएको धम्की पूर्ण वक्तव्यको खण्डन गर्दै मोर्चाले २००७देखि आज २०१७ सम्मको राजनैतिक संस्कार नगएको बताएका छन् ।उनले भने पहाडमा आज जनता परिवर्तन चाहान्छन् भनेका छन् ।उनले भने हामीले जनताको हक र अधिकारको लागि बोलेका हुन्छौ भने ।पार्टी प्रवक्ता निरज जिम्बाले जुन वक्तव्य दिएका छन् यो जनताको हितमा रहेको छ ।आज पहाड खटी खाने मजदुरको बीतेको जनआन्दोलनको क्रममा जुन दैनिक रोजी थियो त्यो जीटीएले श्रमिकको हीतमा काम गर्न जरुरी रहेको बताएका छन् ।यो हाम्रो श्रमिकको हितको लागि लढ्ने छौ भनि बताएकाछन् ।हामी पहाडमा शान्ति एकता र राजनैतिक समाधान चाहान्छौ भनेका छन् ।चार मईको लालकोठी धर्ना सफल बनाउने छौ भनेका छन् ।

Leave a Response